युद्ध विरामको प्रस्ताव पारित गर्न लेबनानद्धारा सँयुक्त राष्ट्रसंघलाई आग्रह

युद्ध विरामको प्रस्ताव पारित गर्न लेबनानद्धारा सँयुक्त राष्ट्रसंघलाई आग्रह

  • शनिबार, अशोज २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

बेरुत — लेबनानका प्रधानमन्त्री नजिब मिकातीले शुक्रबार संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच ‘तत्काल’ युद्धविराम गर्ने प्रस्ताव पारित गर्न आग्रह गरेका छन् ।

टेलिभिजनमा सम्बोधन गर्दै उनले युद्धविरामको एउटा अंशका रूपमा इजरायलसँगको सीमामा सेना तैनाथ गर्न आफ्नो सरकारको प्रतिबद्धतामा जोड दिँदै हिजबुल्लाह यस विषयमा सहमत भएको बताएका छन् ।

लेबनानको विदेश मन्त्रालयले राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई ‘पूर्ण र तत्काल युद्धविराम’ को आह्वान गर्ने प्रस्ताव जारी गर्न अनुरोध गर्ने उनले बताए ।

उनका अनुसार लेबनान सरकार सन् २००६ मा अपनाइएको र मुलुकको दक्षिणमा लेबनानी सेना र शान्तिसेना मात्र तैनाथ हुनुपर्ने आह्वानसहितको ‘प्रस्ताव १७०१ को पूर्ण कार्यान्वयन’ प्रति प्रतिबद्ध छ ।

ुलेबनान दक्षिणमा सेनाको तैनाथी र सीमामा यसको उपस्थिति बलियो बनाउन प्रतिबद्ध छु,उनलेले भने, ुहिजबुल्लाह यस विषयमा सहमत छ ।ु

एउटा सरकारी स्रोतले हिजबुल्लाहले लेबनानी अधिकारीहरूलाई सेप्टेम्बर २७ मा इजरायलसँग युद्धविराम स्वीकार गरेको जानकारी दिएको थियो । उक्त दिन इजरायली आक्रमणमा यसका नेता हसन नसरल्लाहको मृत्यु भएको थियो ।

यसअघि हिजबुल्लाहले गाजामा आफ्नो प्यालेस्टिनी सहयोगी हमाससँग पनि युद्धविराम भएमा मात्र युद्धविराम स्वीकार्ने बताएको थियो ।

प्रधानमन्त्री मिकातीले संयुक्त राष्ट्र अन्तरिम बल लेबनान ९युनिफिल० माथिको आक्रमणलाई पनि ‘अपराध’ भन्दै निन्दा गरे । लेबनानी सञ्चारमाध्यम र विदेश मन्त्रालयका अनुसार लगातार दुई दिन इजरायली बलहरूले शान्तिसैनिकहरूलाई लक्षित गरी आक्रमण गरेका थिए ।

लेबनानी अधिकारीहरूका अनुसार एक वर्षको युद्धमा दुई हजार एक सयभन्दा बढी मानिसको मृत्यु र १० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी