इजरायलले लेबनानको मुख्यालयमा गोली चलाएको संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनाको आरोप

इजरायलले लेबनानको मुख्यालयमा गोली चलाएको संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनाको आरोप

  • बिहिबार, अशोज २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना युनिफिलले बिहीबार मुलुकको दक्षिणमा रहेको आफ्नो मुख्यालयमा इजरायली ट्याङ्कले गरेको गोलाबारीमा आफ्ना दुई सदस्य घाइते भएको बताएको छ । इजरायली सैनिकहरू भने सीमामा हिजबुल्लाह लडाकूहरूसँग लडिरहेका छन् ।

“आज बिहान नाकुरामा रहेको युनिफिलको मुख्यालयमा एउटा अवलोकन टावरतर्फ इजरायली रक्षा बल (आइडिएफ) को मेर्काभा ट्याङ्कले हतियार चलाएपछि दुई शान्तिसैनिक घाइते भए”, युनिफिलले भनेको छ, “भाग्यवश यस पटक चोटह गम्भीर छैनन् तर उनीहरू अझै अस्पतालनमा छन्, युनिफिलको नाकुरा मुख्यालय र नजिकका स्थानहरूमा बारम्बार आक्रमण भएको छ ।”

युनिफिलका अनुसार इजरायली सेनाले बिहीबार रास नाकुरामा अर्को स्थानमा पनि आक्रमण गरेको छ ।

“शान्ति सैनिकहरू आश्रय लिइरहेको बङ्करको प्रवेशद्वारमा ट्याङ्कले आक्रमण गर्यो र सवारी साधनहरू तथा सञ्चार प्रणालीलाई क्षति पुर्यायो”, शान्तिसेनाले भनेको छ, “एउटा आइडिएफ ड्रोनलाई राष्ट्रसङ्घीय स्थानभित्र बङ्करको प्रवेशद्वारमा उडिरहेको देखिएको थियो ।”

करिब १० हजार शान्ति सैनिकहरू दक्षिण लेबनानमा तैनाथ रहेको युनिफिलले सेप्टेम्बर २३ मा इजरायल र हिजबुल्लाबीच तनाव बढेदेखि युद्धविरामको आह्वान गरेको छ ।

“बुधबार आइडिएफ सैनिकहरूले जानाजान स्थानको परिधि–अनुगमन क्यामेराहरूमा गोली चलाए र तिनीहरूलाई असक्षम बनाए”, शान्तिसेनाले भनेको छ, “उनीहरूले द्वन्द्व सुरु हुनुअघि नियमित त्रिपक्षीय बैठकहरू हुने गरेको स्थानमा पनि जानाजान गोली चलाउँदा प्रकाश व्यवस्था र एउटा रिले स्टेसनलाई क्षति पुर्यायो ।”

“हामी आइडिएफ र सबै पक्षलाई संयुक्त राष्ट्रसङ्घीय कर्मचारी र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्ने र हरक्षण संयुक्त राष्ट्रसङ्घीय परिसरको अनुल्लङ्घनीयताको सम्मान र्गे उनीहरूको दायित्वलाई सम्झाउँछौँ”, शान्तिसेनाले भनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी