एजेन्सी । ईजरायलले गाजा र लेवनानमा निरन्तर बमबारी जारी राखेको छ । जसका कारण त्याहाँ गंभीर मानवीय संकट उत्पन्न भएको छ । गाजामा एक बर्षको अवधिमा ४२ हजार प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । गाजाका स्कुल, अस्पताल, शरणार्थी शिविर लगायत सम्पूर्ण भौतिक संरचना ईजरायली आक्रमणमा पूर्ण रुपले नष्ट भएको छ ।
उता लेवनानमा पनि राजधानी बेरुत सहितका ईलाकामा ईजरायली बमबारीले महत्वपूर्ण संरचनाहरु ध्वस्त भएका छन् । करीव १५ लाख मानिस विस्थापित भएको सँयुक्त राष्ट्रसंघले जनाएको छ । त्यहाँ हजारौँ मानिसको मृत्यु भएको छ ।
सँयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरसले गाजा र लेवनानमा ईजरायली आकमण गलत भएको भन्दै तत्काल युद्ध बिरामको अपील गरेका छन् । त्यसो हुन नसके मध्वपूर्ण समग्र यद्धको संकटमा पर्न सक्ने उनले चेतावनी दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline