गाजा नरसंहारको एक बर्ष : ईजरायली आक्रमणमा १७ हजार बालबालिका सहित ४२ हजार प्यालेष्टाईनीको हत्या

गाजा नरसंहारको एक बर्ष : ईजरायली आक्रमणमा १७ हजार बालबालिका सहित ४२ हजार प्यालेष्टाईनीको हत्या

  • सोमवार, अशोज २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

प्यालेष्टाईनको गाजामा ईजरायलले नरसंहार शुरु गरेको एक बर्ष पूरा भएको छ । अक्टोबर ७ मा ईजरायलभित्र प्रवेश गरेर हमास लडाकु समुहले गरेको आक्रमणको बदला लिन भन्दै शुरु गरिएको ईजरायली आक्रमण अझै रोकिएको छैन ।

एक वर्षमा गाजाका स्कुल, अस्पताल, शरणार्थी शिविर सबै पूर्वाधारहरु ध्वस्त मात्र पारिएको छैन । ईजरायली आक्रमणमा विदेशी नागरिकहरु सहित १७ हजार बालबालिका, ११४८७ महिला समेत गरी ४१८७० जना मानिसको मृत्यु भएको छ ।

ईजरायलले अस्पतालहरुमा आक्रमण गर्दा १७१ जना बच्चाको जन्मनासाथ हत्या भयो भने एक वर्ष मुनिका ७१० बच्चाहरु मारिए ।

यसै गरी करीब १ हजार स्वास्थ्यकर्मी मारिदा २६ हजार बालबालिका टुहुरा भएका छन् ।

ईजरायली आक्रमणमा दशौँ हजार प्यालेष्टाईनीहरु घाईते अवस्थामा छन् । यो अवधिमा ईजरायलले गाजाको १८७ बस्तीको एक लाख ६३ हजार नागरिकका घरहरु समेत ध्वस्त पारेको छ ।

गाजाबाट हमासलाई समाप्त पार्ने भन्दै प्रवेश गरेको ईजरायली सेनाले अझै पनि ६४ जना बन्धक छुटाउन सकेको छैन ।

यही बेला ईजरायलले लेवनानमा अर्को नरसंहार शुरु गरेको छ । हेजबुल्लाहलार्ई समाप्त पार्ने भन्दै राजधानी बेरुतमा जथाभावी हवाई आक्रमण गर्दा संयौ मानिसको ज्यान गएको छ ।

१२ लाख बढी नागरिक विस्थापित भएका छन् । अमेरीकी हतियार र शक्तिको आडमा ईजरायलले यी नरसंहारकारी आक्रमणहरु जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी