एजेन्सी असोज १८ । ईरानका सर्वोच्च नेता अलि खमेनिईले ईजरायललाई समाप्त पार्ने चेतावनी दिएका छन् । नमाज पढ्न भेला भएका लाखौँ जनताको बीचमा बोल्दै उनले संसारका सबै मुसलमानलाई ईजरायल बिरुद्ध एकतावद्ध हुन पनि उनले अपील गरेका छन् ।
२ अक्टोबरमा ईजरायल बिरुद्ध संयौ क्षेप्यास्त्र आक्रमण गरेपछि ईरानको तर्फबाट यो चेतावनी आएको हो ।
खमेनिईले आवस्यक परे ईजरायलमा पुनः आक्रमण हुन सक्ने र त्यसको निर्णय सेनाले लिने बताए ।
खमेनिईले दुनियामा कुनै पनि त्यस्तो अदालत छैन, जसले प्यालेष्टाईनी नागरिकको जमिनको रक्षा गर्ने हकको वकालत गरोस्, भनेका छन् ।
मध्यपूर्वमा सिंगो मुस्लिम देशको दुष्मन ईजरायलमात्र भएको भन्दै मुसलमान समुदायमा विभाजन ल्याउने प्रयत्न भईरहेको बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline