एजेन्सी । ईजरायलले लेवनानको राजधानी बेरुतमा अन्धाधुन्ध बमबारी जारी राखेको छ । यस हमलामा २३ जना स्वास्थ्यकर्मी मारिएको राष्ट्रसंघले जनाएको छ ।
सिटी सेन्टर सहित आम शहरका बस्तीहरुमा भीषण बमबारी गर्दै हेजबुल्लाहका नाममा नरसंहार हुँदा पनि अन्तराष्ट्रिय समुहदाय मुकदर्शक बनेका छन् ।
अमेरीका बेलायत लगायतका शक्ति राष्ट्रहरु ईजरायलको पक्षमा उभिएका छन् । रुस चीन सहितका देशले शान्ति कायम गर्न अपील गरेका छन् ।
सँयुक्त राष्ट्रसंघ ईजरायली आक्रमण रोक्न निरीह सावित भएको छ । ईजरायलले सँयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलार्ई नै ईजरायल प्रवेशमा रोक लगाएको छ ।
दक्षिणी लेवननमा सीमाबाट पवेश गरेको ईजरायलले बेरुतका सबै भौतिक पूर्वाधार नष्ट पारीरहेको छ । दशौँ लाख लेवनानी नागरिकहरु घर छाडेर भाग्न बाध्य छन् ।
सँयौको संख्यामा मानिसहरुको ज्यान गएको छ ।
उता गाजामा पनि शरणार्थी शिविर, नागरिकका घरमा ईजरायली बकबारी र प्यालेष्टाईनीको हत्या गर्ने क्रम ईजरायलले रोकेको छैन ।
गाजामा मात्रै ईजरायली नरसंहारमा झण्डै ४२ हजार मानिसको ज्यान गईसकेको छ ।