आफ्ना प्रमुख नेता नसरल्लाह मारिएको हिजबुल्लाहद्वारा पुष्टि

आफ्ना प्रमुख नेता नसरल्लाह मारिएको हिजबुल्लाहद्वारा पुष्टि

  • शनिबार, अशोज १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ । हिजबुल्लाहले आफ्ना प्रमुख नेता हसन नसरल्लाह मारिएको पुष्टि गरेको छ । हिजबुल्लाहले एक विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणमा प्रमुख नेता नसरल्लाह मारिएको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

नसरल्लाह सन् १९९२ देखि इरान समर्थित संगठन हिजबुल्लाहका सदस्य थिए। उनी संस्थाका संस्थापक सदस्य मध्येका एक थिए । मिडिया रिपोर्टका अनुसार इजरायलले आक्रमण गरेको कमाण्ड सेन्टरको भग्नावशेषमा हिजबुल्लाह प्रमुखकी छोरीको शव पनि फेला परेको बताइएको छ ।

इजरायली सेनाले बेरुत लगायत लेबनानका धेरै क्षेत्रमा मिसाइल आक्रमण जारी राखेको छ । इजरायलले बेरुतको दहियाह सहरमा बसोबास गर्ने मानिसहरूलाई तत्काल इलाका खाली गर्न आग्रह गरेको छ। इजरायली सेनाले भनेको छ कि हिजबुल्लाहले इजरायलमा आक्रमण गर्न यी ठाउँहरू प्रयोग गरिरहेको छ ।

यसअघि इजरायलले हिजबुल्लाहका मिसाइल इकाईका प्रमुख मोहम्मद अली इस्माइल र उनका सहायक हुसेन अहमद इस्माइल पनि मारिएको दाबि गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी