क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्धको अविश्वास प्रस्ताव असफल

क्यानडाका प्रधानमन्त्री ट्रुडोविरुद्धको अविश्वास प्रस्ताव असफल

  • बिहिबार, अशोज १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ । क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकार आफैंविरुद्धको अविश्वासको प्रस्तावलाई पराजित गर्न सफल भएको छ । क्यानडाको संसदमा छलफलपछि ल्याइएको अविश्वासको प्रस्ताव २११ विरुद्व १२० मतले पराजित भएको थियो ।

तर विपक्षी कन्जरभेटिभ सांसदहरूले मंगलबार फेरि एकपटक अविश्वास प्रस्ताव ल्याउने घोषणा गरेकाले ट्रुडोको समस्या आगामी दिनमा कम हुने देखिएको छैन ।

कन्जरभेटिभ सांसदहरूले ट्रुडोको सरकार बढ्दो मुद्रास्फीति, आवास संकट र व्यापक अपराध नियन्त्रण गर्न असफल भएको आरोप लगाएका छन् । पछिल्लो नौ वर्षमा ट्रुडोको लिबरल सरकारको लोकप्रियता घटेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् ।

टोरी नेता पियरे पोइलिभ्रे ओपिनियन पोलमा धेरै अगाडि देखिन्छन् र उनले देशमा तत्काल चुनाव चाहन्छन् । वामपन्थी न्यू डेमोक्रेटिक पार्टीले यस महिनाको सुरुमा लिबरलसँगको गठबन्धन तोडेको थियो । यसले ट्रुडो सरकारलाई कमजोर बनाएको छ ।

पोइलिभ्रेले ट्रुडोको सरकार हरेक मोर्चामा असफल भएको बताउदै मुलुकमा मुद्रास्फीति बढ्दै गएको र आवास संकट गहिरिँदै गएको तथा देशको ऋण दोब्बर भएको बताएका छन् ।

यस महिनाको सुरुमा क्यानडाको वामपन्थी न्यू डेमोक्र्याटिक पार्टी वा एनडीपीले ट्रुडो सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एनडीपीले विगत साढे दुई वर्षदेखि ट्रुडो सरकारलाई समर्थन गर्दै आएको थियो, जसको कारण ट्रुडो सत्तामा रहिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी