ईजरायलसँग तनावका बीच ईरानले सार्वजनिक गर्यो ४ हजार किलो मिटर सम्म प्रहार गर्ने अत्याधुनिक क्षेप्यास्त्र

ईजरायलसँग तनावका बीच ईरानले सार्वजनिक गर्यो ४ हजार किलो मिटर सम्म प्रहार गर्ने अत्याधुनिक क्षेप्यास्त्र

  • आइतवार, अशोज ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

एजेन्सी असोज ६ । ईरानले ईजरायलसँग तनावका बीच अत्याधुनिक क्षेप्यास्त्र र ड्रोनहरु सार्वजनिक गरेको छ ।

गाजामा प्यालेष्टाईनी नागरिकमाथिको आम हत्या र नरसंहार पछि लेवनानमा पेजर आक्रमण हुँदै हवाई आक्रमण शुरु गरेको ईजरायललाई लक्षित गर्दै यी हतियारहरु सार्वजनिक भएको हो ।

ईरानी सेनाले जिहाद, शाहिद १३६ बी लगायतका क्षेप्यास्त्र र ड्रोनहरु सार्वजनिक गरेको छ । शाहिद १३६ बी ४ हजार किलो मिटर सम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्र हो । जसले ईजरायलको कुनै पनि भुभागमा सजिलै वारहेड लगेर आक्रमण गर्न सक्छ ।

ईरान ईराकबीच सन् १९८० मा भएको पवित्र युद्धको स्मृतिका दिनमा ईरानी सेनाले घातक हतियारहरुको बेडा सार्वजनिक भएको हो ।

ईजरायलमाथि केही समय अघि पनि ईरानले सँयौ ड्रोन र क्षेप्यास्त्र मार्फत हमला गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी