रुसद्धारा ६ जना बेलायती कुटनीतिज्ञको मान्यता रद्ध

रुसद्धारा ६ जना बेलायती कुटनीतिज्ञको मान्यता रद्ध

  • शनिबार, भदौ २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

लण्डन । रुसले जासुसी गरेको आरोपमा ६ बेलायती कूटनीतिज्ञको मान्यता रद्द गरेको छ । बेलायतको विदेश मन्त्रालयले भने आफ्ना कूटनीतिज्ञहरूमाथि लागेको आरोपलाई पूर्णतया आधारहीन भएको बताएको छ ।

उता , बेलायती प्रधानमन्त्री कियर स्टार्मर युक्रेन युद्धबारे राष्ट्रपति जो बाइडेनसँग कुराकानी गर्न अमेरिका पुगेका छन् । बेलायती प्रधानमन्त्रीको भ्रमणका क्रममा युक्रेनलाई रुसभित्र लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न दिने कि नदिने भन्ने विषयमा पनि छलफल भएको छ ।

वासिङ्टनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको वार्तापछि युक्रेनलाई रुसभित्रका निशानाहरू प्रहार गर्न लामो दूरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिने विषयमा कुनै निर्णय भने भएन । बेलायती प्रधानमन्त्री स्टार्मरले युद्ध रोक्न रुसको हातमा रहेको बताए ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी राष्ट्रहरूलाई युक्रेनलाई रुसमाथि लामो दूरीका क्षेप्यास्त्र प्रहार गर्न नदिन चेतावनी दिएका थिए । पुटिनले यस्तो कदमले युक्रेन युद्धमा नेटोको ‘प्रत्यक्ष सहभागिता’ लाई प्रतिनिधित्व गर्ने स्पष्ट पारेका थिए।

न्युयोर्क टाइम्सको रिपोर्टले अमेरिकाले चाँडै युक्रेनलाई पश्चिमी देशहरूबाट प्राप्त लामो दूरीका क्षेप्यास्त्रहरू रुसी भूमिमा प्रयोग गर्न अनुमति दिन सक्ने बताएको थियो।

युक्रेनले रुसभित्र प्रयोग गर्न अनुमति मागेका मिसाइलहरूलाई स्टर्म स्यडो मिसाइल भनिन्छ। यी मिसाइलहरू विमानबाट प्रक्षेपण गरिन्छ र तिनीहरूको गति लगभग ध्वनिको गति बराबर हुन्छ।

यी मिसाइलहरूको अधिकतम दायरा लगभग २५० किलोमिटर छ। यो एउटा मिसाइलको मूल्य १० लाख अमेरिकी डलर पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी