पुटिनको चेतावनी- नेटोसँग रुसको युद्ध हुनसक्छ !

पुटिनको चेतावनी- नेटोसँग रुसको युद्ध हुनसक्छ !

  • शुक्रबार, भदौ २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ । युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिने विषयमा चलिरहेको छलफलका बीच पुटिनले नेटोसँग रुसको युद्धको खतरा रहेको चेतावनी दिएका छन् ।

पुटिनले युरोप र अमेरिकाले कीभलाई रुसको भित्री भागमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएमा नाटो र रुसबीच युद्ध हुन सक्ने चेतावनी दिएका हुन् ।

पुटिनले सरकारी टेलिभिजनमा युक्रेन युद्धमा नेटो देशहरू, अमेरिका र युरोपेली देशहरूको प्रत्यक्ष संलग्नता हुने बताएका छन् । उनले भनेका छन्- ‘यो उनीहरूको प्रत्यक्ष संलग्नता हो र स्पष्ट रूपमा यसले यस द्वन्द्वको आधारभूत प्रकृतिलाई परिवर्तन गर्नेछ । यदि यस्तो भयो भने, हामीमाथिको खतराका आधारमा हामीले निर्णय लिनुपर्नेछ ।’

यसैबीच रुसी सञ्चारमाध्यमका अनुसार मस्कोले छ जना बेलायती कूटनीतिज्ञहरूलाई जासुसी गरेको आरोप लगाउँदै उनीहरूको मान्यता रद्द गरेको छ । रुसको गुप्तचर एजेन्सी एफएसबीले उनको गतिविधि देशको सुरक्षाका लागि खतरा भएको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी