स्पेनका प्रधानमन्त्री सान्चेज चीनमा, राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता

स्पेनका प्रधानमन्त्री सान्चेज चीनमा, राष्ट्रपति सीसँग बेइजिङमा भेटवार्ता

  • सोमवार, भदौ २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सोमबार बेइजिङमा भेटवार्ता गर्नुभएको छ ।

भेटमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बेइजिङ र युरोपियन युनियनबीचको गतिरोधका बावजुद चीनसँग सम्बन्ध प्रगाढ बनाउने उद्देश्यका साथ चीन भ्रमणका क्रममा सोमबार ‘निष्पक्ष व्यापार व्यवस्था’का लागि आह्वान गर्नुभएको छ ।

सान्चेजले सोमबार नै अपराह्न बेइजिङस्थित सुसज्जित ‘ग्रेट हल अफ द पिपुल’मा स्थानीय समकक्षी ली कियाङलाई भेटेर स्पेनले चीनसँगको सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको बताउनुभएको थियो ।

“हामी एक साथ निष्पक्ष व्यापार व्यवस्थाको रक्षा गर्न पुलहरू निर्माण गर्न चाहन्छौं,” उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

उहाँले अगाडि लेख्नुभएको छ, “यसले हाम्रो अर्थव्यवस्थालाई विकास गर्न र हाम्रा उद्योग र नागरिकलाई फाइदा पुर्‍याउँछ।”

सान्चेज भ्रमणको क्रममा साङ्घाई पनि जानुहुने कार्यक्रम रहेको छ । साङ्घाईमा उहाँले स्थानीय अधिकारी र व्यवसायीलाई भेट्नुका साथै नयाँ सेर्भान्टेस इन्स्टिच्युट सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बेइजिङमा सोमबार आयोजित एक मञ्चमा सान्चेजले चीन र स्पेनबीचको ‘बलियो सम्बन्ध’को प्रशंसा गर्नुभयो ।

उहाँले सोमबार नै सामाजिक सञ्जालमा शेयर गरेको एक भिडियोमा भन्नुभएको छ, “हामी हाम्रो अडान र पूर्णरुपमा मेल नखाने विषयमा पनि संवाद र सहकार्यमा संलग्न हुन रचनात्मक तत्परता देखाउने छौँ ।”

उहाँले भन्नुभयो, “हामी सकारात्मक एजेन्डा विकास गर्न र सबै पक्षलाई फाइदा हुने गरी सहमतिको समाधान खोज्न प्रतिबद्ध छौं ।”

सान्चेजले बेइजिङ्मा ‘स्पेन–चाइना बिजिनेस एडभाइजरी काउन्सिल’ का पदाधिकारीसँग भेटवार्ता गर्नुभएको थियो । काउन्सिल दुई देशबीचको ‘व्यापार र लगानी सम्बन्धलाई प्रगाढ बनाउने’ प्रयासको एक हिस्सा हो ।

भेटमा उहाँले भन्नुभयोे, “हाम्रो उद्देश्य दुबै राष्ट्रलाई फाइदा पुर्‍याउने सम्मान र पारस्परिकतामा आधारित सन्तुलित सम्बन्धलाई बढावा दिनु हो ।”

राष्ट्रपति सी चिनफिङ र शीर्ष सांसदहरूसँग अपराह्न भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाँको कार्यालयले उपलब्ध गराएको कार्यतालिकामा उल्लेख छ ।

सन् २०२३ को मार्चमा चीनको हाइनान प्रान्तको डाभोसमा आयोजित बोआओ फोरममा भाग लिएका साञ्चेजले आफ्नो अन्तिम चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसँग भेट गर्नुभएको थियो ।

भेनेजुएलाका विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटिया स्पेनमा निर्वासनका लागि भागेको केही समयपछि प्रधानमन्त्री साञ्चेज बेइजिङ आइपग्नुभएको हो ।

शनिबार समाजवादी पार्टीको बैठकमा सान्चेजले उरुटियालाई ‘एक नायक’को रूपमा वर्णन गर्दै उहाँलाई शरण दिने घोषणा गर्नुभएको थियो ।

भेनेजुएलाका राष्ट्रपति मादुरोको सरकार र बेइजिङबीच घनिष्ठ सम्बन्ध छ ।

सान्चेजको यो भ्रमण यूरोपेली सङ्घ र चीनबीच बढ्दो व्यापार तनावको पृष्ठभूमिमा हुन लागेको हो ।

युरोपेली आयोगले गत महिना चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा अतिरिक्त ३६ प्रतिशतसम्म पाँच वर्षे आयात शुल्क लगाउने घोषणा गरेको थियो भने गत महिना बेइजिङले चीनमा आयात हुने केही दुग्धजन्य पदार्थमा ईयूले दिएको अनुदानबारे छानबिन सुरु गरेको थियो ।

गत जुनमा बेइजिङले घरेलु उत्पादकहरूको तर्फबाट स्थानीय व्यापार समूहले पेश गरेको आवेदनको जवाफमा समूहबाट सुँगुरको मासु आयातमा एन्टी–डम्पिङ अनुसन्धान सुरु गरेको थियो।

स्पेन चीनमा सुँगुरको मासुको आपूर्तिका लागि सबैभन्दा ठूलो निर्यातक हो । गत वर्ष चीनलाई पाँच लाख ६० हजार टनभन्दा बढी मासु बिक्री गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी