फ्रान्समा नयाँ प्रधानमन्त्रीको नियुक्तिको विरोध, हजारौं मानिस सडकमा

फ्रान्समा नयाँ प्रधानमन्त्रीको नियुक्तिको विरोध, हजारौं मानिस सडकमा

  • आइतवार, भदौ २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

काठमाडौँ । फ्रान्समा नयाँ प्रधानमन्त्री मिशेल बार्नियरविरुद्ध जनता सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले मिशेललाई प्रधानमन्त्री नियुक्तिको विरोध गरिरहेका छन्।

फ्रान्समा केही दिनअघि मात्रै निर्वाचन भएको थियो । यस निर्वाचनमा दक्षिणपन्थी दललाई पराजित गर्न वामपन्थी दलले गठबन्धन बनाएका थिए ।

चुनावमा दक्षिणपन्थी दलहरू बलियो देखिए पनि नतिजा अन्ततः वामपन्थी दलहरूको पक्षमा आयो । राष्ट्रपति इमानुएल म्याक्रोनले दक्षिणपन्थी नेता मिशेल बार्नियरलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि जनतामा आक्रोश छ । शनिबार, एक लाख भन्दा बढी मानिसहरूले मिशेलको नियुक्तिको विरोध गर्दै सडकमा प्रदर्शन गरे ।

यो विरोध ट्रेड युनियन र नेकपाका सदस्यहरूले गरिरहेका छन्। राष्ट्रपतिले प्रधानमन्त्रीको उम्मेदवारलाई अस्वीकार गरेकोमा उनीहरु आक्रोशित भएका छन् ।

फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले यो प्रदर्शनमा देशभर करिब १ लाख १० हजार मानिस सहभागी भएको जनाएको छ । फ्रान्सको राजधानी पेरिसबाट पनि २६ हजारभन्दा बढी मानिसले उक्त प्रदर्शनमा भाग लिएका थिए ।

अर्कोतर्फ ईयू ब्रेक्जिटका पूर्व वार्ताकार मिशेल बार्नीले सरकार गठनका लागि वामपन्थीलगायत अन्य दलहरूसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी