बाढीपछि राहत र उद्धारमा चासो नदिएको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई मृत्युदण्ड

बाढीपछि राहत र उद्धारमा चासो नदिएको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई मृत्युदण्ड

  • बुधबार, भदौ १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, १९ भदौ । उत्तर कोरियामा हालैको विनाशकारी बाढीले ठुलो नोक्सान गरेको छ ।

मिडिया रिपोर्टका अनुसार यो बाढीपछिको राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले ३० भन्दा बढी अधिकारीलाई मृत्युदण्ड दिएका छन् । दक्षिण कोरियाका मिडियाका अनुसार ति व्यक्तिहरुविरुद्ध भ्रष्टाचार मुद्दा पनि दर्ता भएको छ ।

बाढीका कारण चार हजारभन्दा बढीले ज्यान गुमाएको उल्लेख छ । मिडिया रिपोर्टहरूका अनुसार विनाशकारी बाढीले चाङ्गाङ प्रान्तका केही भागहरूलाई ध्वस्त पारेको छ। जसमा ४ हजारभन्दा बढी उत्तर कोरियाली नागरिकको मृत्यु भएको थियो ।

तानाशाह किमले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए । यसै क्रममा बाढीको चरमता देखेर उनी रिसाएका थिए । उनले स्थितिलाई बेवास्ता गरेको भन्दै ३० अधिकारीहरूलाई तुरुन्तै मृत्युदण्ड दिए ।

रिपोर्टका अनुसार सबैलाई एकै समयमा झुण्ड्याइएको थियो । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार गत महिनाको अन्त्यमा बाढी प्रभावित क्षेत्रमा २०-३० जना प्रमुख पार्टीका व्यक्तिहरूलाई एकै समयमा झुण्ड्याइएको थियो । यस बाहेक चाङ्गाङ प्रान्तका बर्खास्त पार्टी सेक्रेटरी काङ बोङ–हुनलाई पनि यही अवस्थाका लागि पक्राउ गरिएको थियो । साथै, किम जोङ उनले प्रकोप रोक्नको लागि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेकालाई कडा कारबाही गर्न अधिकारीहरूलाई आग्रह गरेका थिए ।

उत्तर कोरियाको सेन्ट्रल न्यूज एजेन्सीले यसअघि जुलाईमा चागाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किम जोङ उनले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको जानकारी दिएको थियो ।

उत्तर कोरियामा फाँसी दिइएका अफिसरहरूको पहिचान भने खुलाइएको छैन । यद्यपि, रिपोर्टमा भनिएको छ कि बाढी प्रकोपको समयमा आपतकालीन बैठकमा बर्खास्त गरिएका नेताहरूमा २०१९ देखि चाङ्गाङ प्रान्तको प्रान्तीय पार्टी कमिटीका सचिव काङ बोङ-हुन पनि थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी