एजेन्सी । युक्रेनको पोल्तोभामा रहेको युक्रेनी सेनाको प्रशिक्षण केन्द्रमा रुसले शक्तिशाली क्षेप्यास्त्र प्रहार गरी आक्रमण गरेको छ । एन्टी एयर डिफेन्स सिस्टमले समेत रोक्न नसक्ने रुसी स्कन्दर मिसाईल मार्फत आक्रमण गरिएको बताईएको छ ।
अलर्ट जारी भएको २२ सेकेण्डमै उक्त प्रशिक्षण केन्द्रका भवनहरुमा क्षेप्यास्त्र खसेको थियो । त्यसबाट ५१ जना मारिएको र २ सय बढी घाईते भएको युक्रेनी अधिकारीहरुले बताएका छन् ।
सो प्रशिक्षण केन्द्रमा ईलेक्ट्रोनिक वारफेयर, ड्रोन कन्ट्रोल र कम्युनिकेसन सम्बन्धि तालिम हुने गरेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline