युद्धविरामकाे माग गर्दै इजरायलभर प्रदर्शन

युद्धविरामकाे माग गर्दै इजरायलभर प्रदर्शन

  • मङ्लबार, भदौ १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

इजरायल, भदौ १८ गते । गाजामा बन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामका लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीले जुलुस निकालेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम गरी गाजामा बन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो । करिब सात लाख मानिसले मुख्य सडकहरूमा र देशव्यापी जंक्शनहरूमा प्रदर्शनमा भाग लिएका थिए ।

६५ लाख ५० हजारले तेल अबिबको केन्द्रीय र्‍यालीमा भाग लिएका थिए । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले ६ जना बन्धकको शव बरामद गरेको घोषणा गरेपछि बिहानैदेखि सुरु भएको विरोध प्रदर्शन रातभर जारी रह्यो ।

गाजाबाट दुई महिला र चार पुरुषको शव फेला परेपछि विरोध प्रदर्शन भएको हो । आइडीएफले सैनिकहरू आइपुग्नुभन्दा केही समयअघि हमासको सुरुङमा मारिएको बताएको थियो । छ जनालाई अक्टोबर ७, २०२३ मा इजरायली समुदायहरूमा हमासको आक्रमणको क्रममा जिउँदै पक्राउ गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी