एजेन्सी भदौ ३ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिन अजरबैजानको दुई दिने राजकीय भ्रमणमा गएका छन् । शनिबार पुटिन अजरबैजानको राजधानी बाकु पुगेका छन् ।
पुटिनलाई बिमानस्थलमा अजरबैजानका उपप्रधानमन्त्री याकुव लगायतकाले स्वागत गरेका थिए ।
पुटिनले अजरबैजानका राष्ट्रपति एलिएभसँग द्धिपक्षीय एवं क्षेत्रीय सम्बन्धका बारेमा छलफल गर्नेछन् ।
अजरबैजान र आर्मेनियाबीचको सीमा विवादमा रुसले मध्यस्थता गर्दै आए पनि पछिल्लो समय आर्मेनिया अमेरीकासँग नजिक हुन थालेका बेला पुटिनले अजरबैजानको यात्रा गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline