राजीनामा दिएर विदेश पलायन भएपछि पहिलो पटक हसिनाले दिईन प्रतिकृया

राजीनामा दिएर विदेश पलायन भएपछि पहिलो पटक हसिनाले दिईन प्रतिकृया

  • बुधबार, साउन ३०, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी साउन ३० । प्रधानमन्त्रीबाट राजीनामा दिएर भारत पलायन भएकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदले पहिलो प्रतिकृया सार्वजनिक गरेकी छन् । उनका छोरा सजीव वाजेदले उनको प्रतिकृया शेयर गरेका छन् ।

जसमा हसिनाले देशमा दंगा गर्नेलाई कारबाही गर्न माग गर्दै आफ्ना पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानको सालिक तोडफोड गरिएको घटनामा न्याय पाउनुपर्ने माग गरेकी छन्।

शेख हसिनाले १५ अगस्ट १९७५ मा कसरी बंगलादेशका तत्कालीन राष्ट्रपति मुजिबुर रहमान र उनको सम्पूर्ण परिवार र अन्यको निर्ममतापूर्वक हत्या गरिएको स्मरण गराएकी छन् ।

बुबालाई सम्झेपछि शेख हसिनाले देशको पछिल्लो अवस्थाबारे बोल्दै गत जुलाईदेखि अहिलेसम्म आन्दोलनका नाममा भएका हिंसा र आगजनीका कारण देशका कैयौँ निर्दोषले ज्यान गुमाउनु परेको उल्लेख गरेकी छन्।

हसिनाले यस्ता जघन्य अपराधमा संलग्नलाई कडा कारबाही गर्न माग गर्दै अगस्ट १५ लाई राष्ट्रिय शोक दिवसका रूपमा मनाउन देशवासीलाई अपिल गरेकी छन्।

स्वतन्त्रता सेनानीका सन्तानलाई सरकारी जागिरमा दिने गरिएको आरक्षणको विरोधमा चलेको हिंसात्मक आन्दोलनका कारण शेख हसिना यही अगस्ट ५ का दिन देश छाडेर भारत भागेकी थिईन् ।

हाल बंगलादेशमा नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ। उनी अमेरीका निकट मानिन्छन् । हसिनाले अमेरीकालाई सैन्य वेसक्याम्प राख्न नदिएपछि यो विद्रोह गराएको आशंका गर्दै आएकी छन् ।

सजीव वाजिदको ह्यान्डलबाट गरिएको पोस्टमा शेख हसिनाले भनेकी छन्, ‘१५ अगस्ट १९७५ मा राष्ट्रपिता र तत्कालीन राष्ट्रपति बंगबन्धु शेख मुजिबुर रहमानको निर्ममतापूर्वक हत्या गरिएको थियो। म उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दछु। उहाँसँगै मेरी आमा बेगम फजिलातुन नेसा, मेरा तीन भाइ– स्वतन्त्रता सेनानी क्याप्टेन शेख कमाल, स्वतन्त्रता सेनानी लेफ्टिनेन्ट शेख जमाल र शेख कमाल र जमालकी नवविवाहित श्रीमती सुल्ताना कमल र रोजी जमालको पनि निर्मम हत्या गरियो।’

हसिनाले त्यतिबेला १० वर्षका मात्र भएका कान्छो भाइ शेख रसेलको समेत हत्या गरिएको दुःख व्यक्त गरेकी छन्।

यसपछि उनले वर्तमान अवस्थाबारे लेखेकी छन्, ‘गत जुलाईदेखि अहिलेसम्म आन्दोलनका नाममा हुने तोडफोड, आगजनी र हिंसाका घटनामा हाम्रो देशका कैयौँ निर्दोष नागरिकले ज्यान गुमाएका छन्। विद्यार्थी, शिक्षक, गर्भवती महिला, प्रहरी अधिकारी, पत्रकार, कार्यकर्ता, नेता, अवामी लिगका कार्यकर्ता आतंकवादी हमलाको सिकार भए र ज्यान गुमाए। उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्छु र उनीहरूको आत्माको शान्तिको कामना गर्छु।’

साथै उनले आफ्ना प्रियजन गुमाएको पीडामा बाँचिरहेका आफूजस्ता व्यक्तिहरूप्रति गहिरो समवेदना रहेको पनि बताएकी छन्।

उनले अगाडि लेखेकी छन्, ‘म यी जघन्य हत्या र तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान गर्न र उनीहरूलाई न्यायको कठघरामा ल्याउन गहन अनुसन्धानको माग गर्छु।’

बंगलादेशका जनतालाई सम्बोधन गर्दै शेख हसिनाले १९७५ अगस्ट १५ मा आफू र बहिनी रेहानाले यो नरसंहार भएको धानमण्डी क्षेत्रमा रहेको घर बंगलादेशका जनतालाई समर्पण गरेको उल्लेख गरेकी छन्। यो घर अहिले संग्रहालयमा परिणत भएको छ।

शेख हसिनाले राजीनामा दिनेबित्तिकै प्रदर्शनकारीहरूले बंगलादेशका संस्थापक र उनका पिता शेख मुजिबुर रहमानको प्रतिमा तोडफोड गरेका थिए।
शेख हसिनाले राजीनामा दिनेबित्तिकै प्रदर्शनकारीहरूले बंगलादेशका संस्थापक र उनका पिता शेख मुजिबुर रहमानको प्रतिमा तोडफोड गरेका थिए।
शेख हसिनाको अपिल
बंगलादेशको पत्रिका ढाका ट्रिब्यूनले देशको जनप्रशासन मन्त्रालयका केही स्रोतलाई उद्धृत गर्दै राष्ट्रिय शोक दिवसका रूपमा मनाइने अगस्ट १५ को बिदा यसपटक रद्द हुन सक्ने जनाएको छ।

यो त्यो दिन हो जुन दिन सन् १९७५ मा शेख मुजिबुर रहमान र उनको परिवारका १५ सदस्यको हत्या भएको थियो।

हसिनाले लेखेकी छन्, ‘आफ्ना प्रियजन गुमाउँदाको पीडा र त्यो सहँदाका स्मरण जुन संग्रह गरेर राखेका थियौँ, त्यसको एउटै उद्देश्य बंगलादेशका पीडित जनताको अनुहारमा मुस्कान ल्याउनु थियो। यी प्रयासको सकारात्मक नतिजा पनि देखिन थालेको छ र अहिले बंगलादेश विश्वका विकासोन्मुख देशहरूमा सम्मानित स्थानमा छ।’

उनले अगाडि भनेकी छन्, ‘धेरै दुःखका साथ भन्नु परेको छ( आज ती सबै खरानीमा परिणत भएका छन्। हाम्रो जीवन रेखा भएका सम्झनाहरू जलेर खरानी भइसकेका छन्। यो राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको घोर अनादर हो, जसको नेतृत्वमा हामीले हाम्रो स्वाभिमान र स्वतन्त्र देश हासिल गर्‍यौँ, यो देशका लाखौँ सहिदहरूको रगतको अपमान हो।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी