साउन २७ काठमाण्डौँ । आन्दोलनका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छोडेर भागेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो पदच्युतमा अमेरिका लगायतका विदेशी शक्तिुको हात रहेको बताएकी छन् । देश छोडेपछि पहिलोपटक हसिनाले भारतबाटै प्रतिकृया दिएकी हुन् ।
यदि मैले सेन्ट मार्टिन र बंगालको खाडी छोडेर अमेरिका गएको भए म सत्तामा रहन सक्थें, उनले आफ्नो अवामी लिग समर्थकहरूलाई शनिबार लेखेको सन्देशमा छ । उनले नयाँ अन्तरिम सरकारलाई विदेशी शक्तिहरूबाट प्रयोग नहुन चेतावनी दिएकी छन् ।
ुमैले शवको जुलुस नहेर्नुपरोस् भनेर राजीनामा दिएँ । उनीहरू तिम्रो (विद्यार्थी) शरीरमाथि सत्तामा आउन चाहन्थे, तर मैले अनुमति दिइँन। सायद आज म देशमा भएको भए धेरैले ज्यान गुमाउने थिए, धेरै सम्पत्ति नष्ट हुने थियोु उनले भनिन् ।
हसिनाविरुद्ध साता लामो विद्यार्थी आन्दोलनमा ३०० भन्दा बढीको मृत्यु भएको थियो । अमेरिका, बेलायत क्यानडा र अन्य देशहरूले विद्यार्थीको मृत्युको छानबिन गर्न आह्वान गरेका छन् ।
उनले समर्थक र कार्यकर्तालाई दिएको सन्देशमा उनले हार स्विकारे पनि स्वदेश फर्कने वाचा गरेकिछन् ।ुम चाँडै फर्कनेछु । हार मेरो हो तर जित बंगलादेशका जनताको होु उनले भनेकी छन्,ुमैले आफूलाई हटाएँ, तिम्रो जित लिएर आएको हुँ, तिमी मेरो शक्ति थियौ, तिमीले मलाई चाहेनौ, म आफैंले छोडेर राजीनामा दिएँ । मेरा कार्यकर्ता जो त्यहाँ छन्, कसैले पनि मनोबल गुमाउने छैनन्। अवामी लिग बारम्बार उठेको छ ।’