नोबेल पुरस्कार विजेता युनूस स्वदेश फिर्ता, केही महिनाभित्र चुनाव गराउने प्रतिवद्धता

नोबेल पुरस्कार विजेता युनूस स्वदेश फिर्ता, केही महिनाभित्र चुनाव गराउने प्रतिवद्धता

  • बिहिबार, साउन २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस कार्यबाहक सरकारको नेतृत्व गर्न बिहीबार स्वदेश फर्किनु भएको छ ।

आरक्षण विरोधी आन्दोलनबाट सुरु भएको बङ्गलादेशको राजनैतिक असन्तुष्टिले प्रधानमन्त्री शेख हसिनालाई राजिनामा गरी देश छोड्न बाध्य बनाएपछि विद्यार्थी नेताहरूको प्रस्तावमा सरकारको नेतृत्व गर्ने समहतिका साथ उहाँ स्वदेश फर्किनु भएको हो ।

उहाँले बङ्गलादेशमा शेख हसिनाको सरकार अपदस्थ गर्ने क्रममा भएको लामो प्रदर्शनमा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको बलिदानले देशलाई ‘दोस्रो स्वतन्त्रता’ दिलाएको बताउनुभएको छ ।

कामचलाउ सरकारको नेतृत्व गर्न स्वदेश फर्केलगत्तै ढाकास्थित विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो “आजको दिन हाम्रा लागि गौरवपूर्ण दिन हो ।”

उहाँले अगाडि भन्नुभयो, “बङ्गलादेशले नयाँ विजय दिवस सिर्जना गरेको छ । देशले दोस्रो पटक स्वतन्त्रता पाएको छ ।”

हप्तौंदेखि चलेको हिंसामा कम्तीमा ४५५ जनाको ज्यान जाने गरी भएको हिंसापछि सुव्यवस्था बहालीका लागि आह्वान गर्दै उहाँले आक्रमणमा परेका अल्पसङ्ख्यकसहित एक अर्काको रक्षा गर्न नागरिकहरूलाई आह्वान गर्नुभएको छ ।

“कानून र व्यवस्था हाम्रो पहिलो काम हो । जबसम्म हामी कानून र व्यवस्थाको स्थिति ठीक गर्दैनौं, तबसम्म एक कदम पनि अगाडि बढ्न सक्दैनौं”, उहाँले भन्नुभयो, “मेरो सबैजनासँग आह्वान छ; यदि तपाइहरूलाई ममाथि भरोसा छ भने यो सुनिश्चित गर्नुस् कि देशको कुनै पनि कुनामा कसैमाथि आक्रमण नहोस् ।”

चौरासी वर्षीय युनुसले बिहीबार साँझसम्म देशको नयाँ नेताका रूपमा सपथ लिनुहुने सम्भावना छ ।

सरकारको गैर–जिम्मेवारीपनको बीचमा उर्लेको विद्यार्थी आन्दोलन र विद्यार्थीहरूको मागमा सेनाले सहमति जनाएसँगै हसिनाले पदबाट राजिनामा दिन बाध्य हुनुपरेको थियो ।

यसअघि, युनसले ढाकाका लागि प्रस्थान गर्दा पेरिसमा पत्रकारसमक्ष आफु घर फर्कन पर्खिरहेको र त्यहाँ के भइरहेको छ, कसरी समस्याबाट बाहिर निस्कन सक्छौँ भनेर सोच्न समर्थक सबैलाई आह्वान गर्नुभएको थियो ।

युनुसलाई यस पहिलेको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाहरूको आरोप लगाएपछि उहाँ निर्बासनमा बस्दै आउनुभएको थियो ।

सेना प्रमुख जनरल वाकर–उज–जमानले युनसको समर्थनमा रहेको जनाउँदै बिहीबार साँझ अन्तरिम सरकारको नेतृत्वको शपथ लिने आशा व्यक्त गर्नुभयो । यसरी आगामी दिनमा लोकतान्त्रिक प्रक्रियाको माध्यमबाट मुलुकलाई अगाडी बढाउन सक्षम हुने विश्वास जमानले व्यक्त गर्नुभयो ।

ढाका बिमानस्थलमा पत्रकारहरुसंग युनसले ‘केही महिनाभित्र’ चुनाव गराउन चाहेको बताउदै मुलुकले दोस्रो पटक स्वतन्त्रता प्राप्त गरेको उल्लेख गर्नुभएको छ । उहाँले छिट्टै आफ्नो संलग्नतामा विजय उत्सव मनाउने बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी