रवि लामिछानेले एक करोड ८० लाख बुझेको कागज गरेको पुष्टी

रवि लामिछानेले एक करोड ८० लाख बुझेको कागज गरेको पुष्टी

  • मङ्लबार, माघ ९, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजनमा रहँदा सहकारीको रकम ठगी गरेको आरोप लागेपछि सोमबार पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरी खण्डन गरे पनि उनले एक करोड ८० लाख बुझेको कागज गरेको खुलेको छ ।

यस क्रममा उनले सहकारीबाट निकालिएको १ करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा नभएको प्रमाण भन्दै ग्लोबल आईएमई बैंकको पत्र देखाए पनि उनले झुट बोलेको पुष्टी भएको छ ।

यसैकारण उनले पत्रकार सम्मेलनलगत्तै सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै पुनः स्पष्टीकरण दिएका छन्।

उनैका अनुसार उल्लिखित रकम नलिएको भए पनि रकम बुझिलिएँ भनेर ल्याप्चे ठोकेर कागज भने उनले गरेका छन्।

‘अब फेरि मैले रकम बुझिलिएँ भनेर ल्याप्चे नै ठोकेको कागज राखेर यसले पैसा लिएकै हो, ढाँट्यो भनेर पनि भ्रम फैलाउन सकिएला’, उनले भनेका छन्, ‘जबकि त्यो कानुनी प्रक्रियाका लागि मात्र हो, रकम लेनदेन भएको छैन भन्ने बुझाउन लामो लेखेर यसबारे बुझाउने प्रयास गर्दै छु। कृपया पूरै पढेर मात्र विचार बनाउनु होला।’

लामिछाने सहकारी घोटाला प्रकरणमा मुछिए पछि सत्र्रत्र आलोचना खेपिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ