माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाले तालमेल गरेपछि सत्ता गठबन्धन दबाबमा परेको छ ।
निर्वाचन आचारसंहिता लाग्नुभन्दा केही घण्टाअगाडि एमाले र राप्रपाबिच गठबन्धन गरेर जाने सहमति भयो । सहमति अनुसार एमालेबाट महिला उम्मेदवार रहेकी रुक्मिणी कोइराला र अन्य पुरुष कोटाबाट उम्मेदवार बनेका राप्रपाका उद्धव पौडेल अब एमाले–राप्रपा गठबन्धनको आधिकारिक उम्मेदवार बनेका छन् ।
यसअघि एमालेबाट अन्य पुरुष कोटाबाट उम्मेदवार बनेका पर्शुराम अधिकारीले उम्मेद्धारी फिर्ता लिएका छन् ।
कोशीमा बलियो प्रभाव रहेको एमाले र राप्रपा मिल्दा यस अघि कृृष्ण सिटौलालाई हराउदै राप्रपाका राजेन्द्र लिंगदेन र एमाले अध्यक्ष ओली बिजयी भएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline