रास्वपाका सभापति रवि लामिछानेबाट ग्यालेक्सी टिभीको सेयर जिबी राईको नाममा हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रार कार्यालयलाई झुक्याएको पुष्टी भएको छ । कम्पनी ऐन अनुसार कुनै पनि व्यक्तिको शेयर हस्तान्तरण हुँदा ती व्यक्तिलाई शेयर बापतको रकम खातामा जम्मा गरेको प्रमाण चाहिन्छ ।
लामिछानेको नाममा रहेको ग्यालेक्सीको १५ प्रतिशत सेयर लिँदा अध्यक्ष राईले उनको खातामा एक करोड ८० लाख रूपैयाँ जम्मा गरिदिएको भौचर देखाएर सेयर हस्तान्तरण भएको थियो।
ग्यालेक्सी छोड्दा १ करोड ८० लाख रूपैयाँ राईबाट लिएको चेक स्लिप सार्वजनिक भएपछि रवि लामिछानेले उक्त रकम आफ्नो खातामा जम्मा नभएको भन्दै पत्रकार सम्मेलन गरे ।
उनले आफ्नो खातामा पैसा जम्मा नभएको भन्ने ग्लोबल आइएमई बैंकको पत्र पनि देखाएका छन्। उक्त पत्रले नै ग्यालेक्सी टिभीको सेयर बेच्दा कम्पनी रजिष्ट्रारलाई झुक्याएको पुष्टि हुन्छ।
कम्पनी रजिष्ट्रार कार्यालयका एक अधिकारीका अनुसार कुनै पनि कम्पनीको हस्तान्तरण गर्दा किनबेच गर्ने व्यक्तिहरूको मञ्जुरीनामा चाहिन्छ। १० लाखभन्दा बढीको सेयर किनबेच गर्दा बैंक भौचर बुझाउनुपर्छ।
किन्ने मान्छेले बेच्ने मान्छेको खातामा पैसा जम्मा गरिदिएको भौचर बुझाएपछि मात्र सेयर हस्तान्तरण हुने व्यवस्था छ । तर पैसा खातामा जम्मा भएको स्टेटमेन्ट बिना नै रविको शेयर हस्तान्तरण भएको देखिन्छ ।
यही प्रक्रिया पुर्याउनका लागि ग्यालेक्सी टिभीका अध्यक्ष राईले लामिछानेको ग्लोबल आइएमई बैंकको खातामा जम्मा गर्न भन्दै २०७९ असार २ गते एक करोड ८० लाखको चेक बुझाए।
‘राईले आफ्नो खातामा जम्मा गर्न पैसा नै नभएको चेक बुझाएको विषयमा रविको सहमति भएको देखिन्छ।
उनीहरूबीच सेयर कारोबारका लागि त्यसरी नै बैंक भौचर प्राप्त गर्ने सहमति नभएको भए राईविरूद्ध रविले बैंकिङ कसुर, चेक बाउन्स (चेक अनादार) मुद्दा हाल्न सक्ने थिए। पैसा नभएको बैंक खाताको चेक कारोबार गर्दा बैंकिङ कसुर र चेक अनादारको मुद्दा लाग्छ।
बरिष्ठ अधिवक्ता पन्तले ुस्वेट सेयरु कारोबार गर्ने कानुनी संरचना नभएको र यस्ता सेयर कारोबारमा डिपोजिट देखाउनका लागि कागजात बनाएको हुन सक्ने बताएका थिए।
‘कम्पनीको सेयर किनबेच भएको देखाउनका लागि कागज बनाएको हुन सक्छ। त्यो उसले के गर्यो भन्ने हो। त्यसो भन्दैमा उहाँको खातामा पैसा आएको भन्ने हुन्न,’ उनले भने।
शाहले कसैले कसैको खातमा जम्मा गर्न चेक भौचर डिपोजिट गर्दा बित्तिकै त्यो मान्छेको बैंक खातामा पैसा जम्मा नहुने बताएका थिए।
पोखरा, चितवन र वुटवलका विभिन्न सहकारी मार्फत करोडौ रुपैया गैर कानुनी रुपमा लिएर खोलिएको ग्यालक्सी टेलिभिजन खोल्दा रवि लामिछाने १५ प्रतिशत शेयरधनी थिए भने कम्पनीका प्रवन्ध निर्र्देशक रहेका थिए ।
पछि पार्टी खोल्न लाग्दा उनले शेयर फिर्ता गरेका थिए । तर सो प्रकृयामा उनीहरुले राज्यलाई ृझुक्याएको पुष्टी भएको छ ।