पार्टीको बिधान मस्यौद्धाका बारेमा लिखित सुझाव दिन माओवादी केन्द्रद्धारा तल्ला कमिटिहरुलाई निर्देशन

पार्टीको बिधान मस्यौद्धाका बारेमा लिखित सुझाव दिन माओवादी केन्द्रद्धारा तल्ला कमिटिहरुलाई निर्देशन

  • बिहिबार, माघ ४, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौँ । माओवादी केन्द्रको प्रस्तावित मस्यौदा विधानमाथि माघ २४ गतेसम्म आफ्ना सुझाव र सल्लाह पठाउन पार्टीले निर्देशन दिएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार लिखित रूपमा सुझाव केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई परिपत्र जारी गरेको हो ।

उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले बनाएको ‘मस्यौदा विधान–२०८०’ माथि माघ २१ सम्म छलफल गर्न वडा, पालिका, जिल्ला र प्रदेशमा पठाइएको छ । विधान अधिवेशनको लागि प्रतिनिधित्वको व्यवस्था समेत तोकिएको छ ।

ीकेन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला संयोजकहरू, महानगरका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय ज।व।स।÷मोर्चाका प्रमुखहरू विधान अधिवेशनका प्रतिनिधिहरू विधान अधिवेशनका लागि प्रतिनिधि तोकिएका छ ।

मस्यौदामाथि आएका सुझावलाई माघको अन्तिम सता बस्ने स्थायी समिति बैठकले परिमार्जन सहित पारित गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी