अन्तिम सुनुवाइका लागि तोकिएको आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा

अन्तिम सुनुवाइका लागि तोकिएको आलमविरुद्धको मुद्दा स्थगितको सूचीमा

  • आइतवार, पुस २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

पुष २९, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमविरुद्धको मुद्दा स्थगनको सूचीमा राखिएको छ।

जिल्ला अदालत रौतहटमा अन्तिम सुनुवाइका लागि आज पेशी तोकिए पनि न्यायाधीश अभाव हुँदा मुद्दा स्थगनको सूचीमा राखिएको अदालत प्रशासनले जनाएको छ। ५ न्यायाधीशको दरबन्दी रहेको रौतहट जिल्ला अदालतमा आइतबार दुईजना न्यायाधीश मात्रै उपस्थित छन्।

यसअघि आलमको मुद्दामा जिल्ला अदालत रौतहटले लिखित ‘बहस नोट’ मागेको थियो। । न्यायाधीश बाबुकाजी बानियाँको इजलासले लिखित बहस नोट मागेको हो । तर उनको हाल सरुवा भइसकेको छ।

संविधानसभा निर्वाचनमा धाँधलीका लागि ल्याएको बम २०६४ चैत २७ गते आलमका काका शेष इद्रिसको गोठमा विष्फोट भएको थियो। सोही विष्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा असोज २६ गते आलम पक्राउ परेका थिए।

उनीमाथि १८ कार्त्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथ कर्तव्य ज्यानसम्बन्धी कसुरु,मा मुद्दा दायर भएको थियो। सो मुद्दामाथि थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको हो।

उनी २०७६ कार्त्तिक २९ गतेदेखि थुनामै छन्। जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनुमा पठाउने आदेश दिएपछि उनी सो आदेशविरुद्ध उच्च अदालत वीरगञ्ज पुगेका थिए। उच्च अदालते २४ माघ २०७६ मा जिल्लाकै आदेश सदर गरिदिएको थियो।

त्यसपछि उनले सर्वोच्च अदालतमा आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मुद्दा लड्न पाउ भन्दै निवेदन दर्ता गराएका थिए। सर्वोच्चले पनि जिल्लाकै आदेश सदर गरिदिएपछि उनी पुर्पक्षका लागि थुनामै छन्।

यमुनामाई गाउँपालिका ४ का त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह र ओसी अख्तरकी आमा रोक्साना खातुनले आलम,उनका भाइ मोहम्मद महताब आलम,मोबिन आलम,शेख भदई र शेख सवेजविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। त्रिलोक र ओसीलाई इँटाभट्टामा हालेर मारेको उनीहरूको उजुरीमा उल्लेख छ।

मुद्दामा आलमसहित मोहम्मद महताव आलम, शेख भदई,मोहम्मद मोविन आलम,शेख शेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जमुनई,गौरीशंकर साहलगायतलाई प्रतिवादी बनाइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ