माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, विधान मस्यौदा पेश हुने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, विधान मस्यौदा पेश हुने

  • शनिबार, पुस २८, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

पुष २८, काठमाडौं: नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शनिवार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा विधान मस्यौदा र पार्टी रुपान्तरण अभियानको समिक्षा हुने भएको छ।

माओवादी केन्द्रको विधान मस्यौदा समितिले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष शुक्रबार विधानको मस्यौदा पेस गरेको गरिसकेको छ।

माओवादीले यही पुस ५ गते उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको थियो। समितिमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिव गणेश साह र सुरेन्द्र कार्की छन्।

शनिबार बस्ने स्थायी समिति बैठकमा मस्यौदा पेस हुने, पार्टी स्थायी समितिमा छलफल हुने र स्थायी समितिको निर्णयानुसार तल्ला कमिटीमा छलफलका लागि लैजाने महासचिव गुरुङले जानकारी दिए।

माओवादीले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने तयारी गरेको छ। विधान सम्मेलन अघि स्थायी समिति र केन्द्रीय समिति बैठक बस्ने माओवादीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ