केपी ओलीले हाम्रो पार्टीलाई सिध्याउने षड्यन्त्र गरिरहेका छन्ः माधवकुमार नेपाल

केपी ओलीले हाम्रो पार्टीलाई सिध्याउने षड्यन्त्र गरिरहेका छन्ः माधवकुमार नेपाल

  • शुक्रबार, पुस २७, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

पुस २७, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई सिध्याउन षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिध्याउन खोजिरहेको आरोप लगाएका हुन् ।

ओलीको उक्त षड्यन्त्रमा केहीले साथ दिईरहेको भन्दै त्यस्ता षड्यन्त्रलाई साथ दिनेहरू क्रान्तिकारी हुनै नसक्ने उनको भनाई थियो । अध्यक्ष नेपालले भने, हाम्रो पार्टीलाई यही पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजिरहेका छन् । हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । अनि तिनको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दछ ? हुन सक्दैन ।

गठबन्धनको भर परेर अघि नबढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष नेपालले निर्देशन दिए । आफ्नै शक्ति बलियो बनाउने र एक्लै चुनाव जित्ने आँटका साथ पार्टी अघि बढ्नुपर्ने अध्यक्ष नेपालको भनाई थियो । उनले अरु पार्टीको सामु माग्ने भएर नभई दिने हैसियतको पार्टी बनाउनुपर्ने भएकाले त्यसका लागि सिंगो पार्टी पंक्ति परिचालित हुन पनि सचेत गराए ।

आफ्नो शक्ति बनाए त्यसैको आधारमा संगठन विस्तार गरेर चुनावमा एक्लै जित्ने आँट गरेर चल्नु पर्ने उनको भनाई थियो । उनले भने, ‘हामीले माग्न जाने स्थिति होइन । यी सबै कुराहरूलाई तपाईंहरूले ध्यानमा राख्नुहुनेछ । अहिलेदेखि नै पार्टी निर्माणको अभियानमा, सदस्यता वितरणको अभियानमा, सिंगो पार्टी पंक्तिलाई प्रस्ट पार्ने अभियानमा जुट्ने कुरामा लाग्नुहोस्,’ । अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले चलखेल गरिरहेको जिकिर गर्दै त्यसविरुद्ध पनि जुध्नुपर्ने बेला आएको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ