सञ्चार सचिवको बिदाइ र स्वागत

सञ्चार सचिवको बिदाइ र स्वागत

  • बुधबार, पुस २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौँ, २५ पुस : मन्त्रिपरिषद्को निर्णयअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सरुवा हुनुभएका सचिव कृष्णबहादुर राउतको बिदाइ र सोही मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हाल्न आउनुभएका रामकृष्ण सुवेदीको स्वागत गरिएको छ ।

मन्त्रालयद्वारा आज आयोजित ‘विदाइ तथा स्वागत’ कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना, सञ्चार र प्रविधिको विकास तथा त्यसको उपयोगबाट अन्य क्षेत्रको विकासमा सहयोग हुनसक्ने बताउँदै सरकार उक्त क्षेत्रको विकासका निम्ति दृढताका साथ लागिपरेको बताउनुभयो । उहाँले जनतालाई प्रत्यक्ष लाभ हुनेगरी र परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभयो ।
मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आफू जुन मन्त्रालयमा भए पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ