कोशी प्रदेशको सभामुख राप्रपाका अमर बहादुर विष्ट बन्ने पक्का

कोशी प्रदेशको सभामुख राप्रपाका अमर बहादुर विष्ट बन्ने पक्का

  • मङ्लबार, पुस २४, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

विराटनगर । कोशी प्रदेशको सभामुख आज राप्रपाका सांसद अमर बहादुर विष्ट हुने भएका छन् । मंगलबार बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठलके आजै सभामुखको निर्वाचन गर्नेगरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारका अनुसार आज ३ बजे सभामुखको निर्वाचन गर्नेगरी कार्यसूची प्रकाशित गर्ने निर्णय भएको हो । सभामुख चयन गर्न सत्तारूढ र प्रमुख प्रतिपक्षी दलको बैठक आज बिहानैदेखि चलिरहेको छ ।

गत साउन १६ तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएर कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सघाएयता कोशीमा सभामुख पद रिक्त छ । गत वर्षको पुस २८ गते निर्विरोध निर्वाचित सभामुख गौतमले राजीनामा दिँदै आर्थिक मामिला तथा योजना मन्त्रालय रोजेका थिए ।

सत्तारूढ गठबन्धनको सहमतिअनुसार सभामुख राप्रपाले पाउनेछ । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा (एकीकृत समाजवादी) र जसपा राप्रपालाई सभामुख दिन तयार देखिएका हुन् ।

राप्रपाले आफ्ना सांसद अम्बरबहादुर विष्टको नाममा सहमति जनाइसकेको छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको हो ।

सत्ता गठबन्धन र एमाले दुबै पक्षले विष्टलाई समर्थन दिने निश्चित देखिएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ