मेयर बालेनको निर्देशनमा काठमाण्डौँ महानगरका प्रमुख प्रशासकीय अधिकृृतको कार्यकक्षमा ताला

मेयर बालेनको निर्देशनमा काठमाण्डौँ महानगरका प्रमुख प्रशासकीय अधिकृृतको कार्यकक्षमा ताला

  • सोमवार, पुस २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

२३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई रोक्न महानगरपालिकाले कार्यकक्षमै ताल्चा लगाएको छ ।

कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै काठमाडौं महानगरपालिकाका तीन कर्मचारी निलम्बन गर्दै मेयर बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका थिए ।

उनले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीको नेतृत्वमा छानबिन समिति बनाएर छानबिन नसकिन्जेल कार्यालयमा हाजीर नहुन अधिकारीलाई भनेका थिए । तर, उनी विदा छोट्याएर कार्यालय फर्किने सूचना पाएपछि मेयरको सचिवालयले ताल्चा लगाउन निर्देशन दिएको हो ।

कार्यपालिकाले १९ नम्बर वडाको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने गरी निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण गर्दा ६ जना उल्लेख गरेको पाइएपछि अधिकारी सहित मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी छानबिनमा तानिएका हुन् ।

छानबिन नसकिँदै अधिकारी काममा फर्किने चर्चा चलेपछि उनको कार्याकक्षमा तालाबन्दी गरिएको हो ।
मेयर शाहले अधिकारीलाई प्रमख प्रशासकीय अधिकृतका रुपमा काम लगाउन नसकिने बताइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ