पुष २३, धनगढी । नेकपा माओवादी केन्द्रकी नेतृ रेनु चन्दले सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी छन्। निर्वाचन अधिकृतको कार्यालय पुगेर सोमबार बिहान चन्दले उम्मेदवारी दर्ता गराएकी हुन्।
पूर्वसंविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य चन्दको समर्थकमा उद्योग राज्यमन्त्री गीता माला र प्रस्तावकमा प्रदेश सभा सदस्य जानकी देवी कुवर रहेका छन्।
राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम गठबन्धनबाट माओवादीकी चन्दसँगै कांग्रेसका नारायण दत्त भट्ट र बलदेव बोहरा उम्मेदवार बनेका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline