आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले दुई जना उम्मेदवारको नाम टुंगो लगाएको छ। बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेवारी टुंगो लगाइएको हो।
जसमा बागमतीमा दोलखाका घनश्याम रिजाल विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको छ भने कर्णाली प्रदेशमा साबित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।
यस अघि अन्य दलले राष्ट्रिय सभाका लागि उम्मेद्धार चयन गरिसकेका छन् । आज उम्मेद्धारी दर्ता गर्नु पर्ने भएकाले उम्मेद्धार चयन पार्टीहरुले गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline