नेपाली कांग्रेसले आज कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका अनुसार उक्त बैठक आज दिउँसो १ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बस्ने छ।
बैठकमा राष्ट्रिय सभा निर्वाचन र उम्मेदवारबारे छलफल हुने जानकारी दिइएको छ। राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने भएको छ। बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारहरूबारे समितिका सदस्यहरूलाई जानकारी दिने कार्यक्रम रहेको एक नेताले बताए ।
बैठकमा पार्टीका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको सिट बाँडफाँटबारे भएका छलफलबारे समितिका सदस्यहरूलाई ब्रिफिङ गराउनेछन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline