सत्ता गठबन्धन भित्र राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति अन्तिम चरणमा

सत्ता गठबन्धन भित्र राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति अन्तिम चरणमा

  • आइतवार, पुस २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ पुष २२ । सत्ता गठबन्धन दलले राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि भागबण्डामा सहमति नजिक पुगेका छन् । शनिबार अबेर राति सकिएको बैठकमा सहमति भए पनि एकीकृत समाजवादी आफूले पाउने सिटप्रति असन्तुष्टी जनाएका कारण औपचारीक सहमति हुन बाँकी रहेको हो ।

सहमति अनुसार कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने भएका छन् । कोशीमा कांग्रेस र माओवादीले १–१, मधेशमा कांग्रेस र जसपाले १–१, सुदूरपश्चिममा कांग्रेस र माओवादीले १–१ र लुम्बिनीमा कांग्रेस र माओवादीले १–१ सिट पाउने छन्।

बाँकी सिटबारे आज बिहान बसेर निष्कर्षमा पुगिने बैठकमा सहभागी माओवादी वरिष्ठ उपाध्यक्ष एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए । एकीकृत समाजवादीले बढी सिट पनि र सभामुख पनि मागेकाले सो बिषयमा आज टुंगो लाग्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ