राष्ट्रिय सभामा एमालेलाई सिट दिन एकीकृत समाजवादी असहमत, सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

राष्ट्रिय सभामा एमालेलाई सिट दिन एकीकृत समाजवादी असहमत, सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

  • बिहिबार, पुस १९, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

पुस १९, काठमाडौं । सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ। आज बिहान बालुवाटारमा बसेको सत्तारुढ चारदलको बैठकमा सिट बाँडफाँटमा सहमती जुट्न नसकेपछि निश्कर्षमा पुग्न सकेन ।

बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले विरोध जनाएपछि बैठक निष्कर्षमा पुग्न नसकेको एक नेताले बताए । यता नेपाली कांग्रेसका नेता रमेश लेखकले भने पार्टीभित्र आन्तरिक छलफल गरेर साँझ र बिहान पुन बैठक बस्ने गरी स्थगित भएको जानकारी दिए।

उनले भने, ‘सरकारमा सहभागी चार राजनीतिक दलका नेताबीच छलफल भएको छ। मूलतः राष्ट्रिय सभा निर्वाचनको विषयलाई लिएर छलफल भएको छ र त्यो बारेमा थप छलफल गर्न बाँकी छ। साँझ र भोली बिहान पुनस् छलफल गर्ने सहमति भएको छ। पार्टीले आन्तरिक रुपमा पनि छलफल गर्नुपरेको छ। पार्टी पार्टीबीचमा पनि छलफल गरिरहनु परेको छ।’

उनले एमालेसँग पनि निरन्तर छलफल रहने बताए। संसदीय दलका प्रमुख सचेतक लेखकले भने,‘राष्ट्रिय सभा निर्वाचनमा विषयलाई लिएर गठबन्धनका दलहरुबीच छलफल भइरहेको छ, भने एमालेसँग राष्ट्रिय राजनीति र समसामयिक विषयमा छलफल चलिरहेको छ।’

बिहान कुनै सहमति नजुटेपछि आजै बेलुका फेरि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने तयारी छ ।
बुधबारको बैठकमा नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रिय सभामा केही सिटमा भाग खोजेका थिए । प्रधानमन्त्री प्रचण्डले, ओलीले आफूहरुलाई राष्ट्रिय सभामा शून्य नबनाउन भनेको बैठकका सहभागीहरुलाई सुनाएका थिए । एमालेले प्रस्ताव ल्याएपछि त्यसमा छलफल गर्ने र सिट बाँडफाँटको टुंगो लगाउने भन्दै बैठक बिहीबार बिहानसम्मका लागि स्थगित भएको थियो । यद्यपि बिहीबार बिहानको बैठकमा शीर्ष नेताहरुले कुन कुन दललाई कति कति सिट भाग लगाउने भन्ने विषय सार्वजनिक गरेनन् ।

बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीले विरोध जनाएपनि राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचनमा विपक्षी एमालेलाई पनि समेटेर लैजान सत्तागठबन्धनका अन्य नेताहरू लचिलो बनेका छन्। राष्ट्रियसभाका १९ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदैछ। सत्तागठबन्धन मिलेर चुनाव लडे एमालेले पूरै सिट गुमाउने स्थिति छ। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय निरुपणमा सहयोग जुटाउने उद्देश्यले एमालेसँग पनि चुनावमा मिलेर जाने प्रस्ताव गरेका थिए। त्यसकै लागि केही दिनयता प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच लगातार छलफल भइरहेको छ।

नेपालको संविधानमा राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ।

पदावधि सकिनेमा एमालेका ९ जना छन्, जसमा एमाले सरकारले आफ्नो तर्फबाट मनोनित सिफारिस गरेको विमला राई पौड्याल पनि छिन्। त्यसैगरी कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको एक र स्वतन्त्र एक जना सांसद छन्। पौड्यालबाहेक बाँकी १९ पदका लागि निर्वाचन हुँदैछ भने एक जनालाई सरकारले मनोनित सिफारिस गर्नेछन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ