राष्ट्रिय सभाको सिट बाँडफाँटमा काँग्रेस र माओवादीबीच छलफल

राष्ट्रिय सभाको सिट बाँडफाँटमा काँग्रेस र माओवादीबीच छलफल

  • मङ्लबार, पुस १७, २०८०
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमाडौं । बालुवाटारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए भने माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए ।

नेताहरुबीच प्रदेशहरुको मतभारको आधारमा गठबन्धन गर्ने गरी छलफल भएको बुझिएको छ । कुन प्रदेशमा कुन पार्टीको मतभार कति छ भन्ने विश्लेषण भएको नेताहरुले बताएका छन् । राष्ट्रपतिबाट मनोनितसहित २० जना राष्ट्रियसभा सदस्यको पद रिक्त हुने भएपछि माघ ११ गते चुनाव तोकिएको छ ।

२० सिटमध्ये कांग्रेसले कम्तिमा दश सिट आफूले पाउनु पर्ने अडान सत्ता गठबन्धनमा राखेको छ । निर्वाचनका लागि यही पुस २३ गते मनोनयन दर्ता गर्ने तालिका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ