काठमाडौँ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनामा श्रम रोजगार तथा सामाजिक सुरक्षा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री र मन्त्रालयबारे समेत छानबिन गर्न निर्देशन दिएको छ ।
सोमबार उक्त घटनाबारे समितिले उपप्रधान तथा गृहमन्त्री र सुरक्षा प्रमुखसँगको छलफलपछि यस्तो निर्देशन दिएको हो । त्यस्तै बैठकले इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा मृत्यु भएका दुई युवाको परिवारलाई थप राहत दिन नेपाल सरकारलाई निर्देशन दिएको छ ।
समितिले घटनासँग सम्बन्धित साना दर्जाका प्रहरी र कर्मचारीलाई मात्र निलम्बन र सरुवा नगरी उनीहरूको मनोबल नगिर्ने गरी समाधान खोज्न निर्देशन दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline