संसदीय समितिमा गृहमन्त्रीले भने, बालकुमारी घटनामा देखिने सबै दोषीमाथि कार्बाही हुन्छ

संसदीय समितिमा गृहमन्त्रीले भने, बालकुमारी घटनामा देखिने सबै दोषीमाथि कार्बाही हुन्छ

  • सोमवार, पुस १६, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भए पनि कारबाही गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

आज राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले सरकारले बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको र त्यसले छानबिनका क्रममा जो जो दोषी देखिन्छन् उनीहरू सबैलाई कारबाही हुने बताएका हुन् ।

‘सरकारले छानबिन आयोग गठन गरिसकेको छ । छानबिनको दायरामा जो जो दोषी देखिन्छन् कानुनको दायरमा ल्याएर कारबाही हुन्छ । गृहमन्त्रीले भने । श्रेष्ठले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी घेराबन्दीमा छ भन्ने रिपोर्टिङ भएपछि प्रहरीले गोली चलाएको बताएका छन्।

गृहमन्त्री श्रेष्ठले आन्दोलन भइरहेकै ठाउँमा मन्त्रीको गाडी आएको र घेराबन्दीमा परेको भनिएपछि प्रहरीले गोली चलाएको बताएका हुन्।
विभिन्न दलका सांसदहरुले गृहमन्त्रीको जवाफ माग गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ