एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्ने

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्ने

  • शुक्रबार, पुस १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.2K
    SHARES

१३ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सातौं केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेपछि शुरु हुनेछ । बैठकले राष्ट्रिय सभाको उम्मेद्धार चयन गर्नेछ ।

गत बुधबारदेखि सुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा ४० केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । आज पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहने छ ।

बिहीबारको बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्ष मुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका थिए । बैठकमा उनीहरूले ७० वर्षको उमेर हद लगाउन नहुने, प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने, केन्द्रीय नेतृत्व केन्द्रीय कमिटीले चयन गर्नुपर्ने, अध्यक्षले मनोमानी गरेमा हटाउन सक्ने व्यवस्था हुनुपर्ने लगायतका माग पनि गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ