सरकारको नेतृत्व गरेको एक वर्ष पूरा गरेको अवसरमा गत मंगलबार संबोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले अब नयाँ गतिले अघि बढ्ने र प्रधानमन्त्री कार्यलयको पुनर्सरचना गरेर शुरुवात गर्ने बताएका थिए । नभन्दै प्रधानमन्त्रीकै प्रस्तावमा सरकारले प्रधानमन्त्री कार्यलयमा कार्यरत ६८ जना कर्मचारीको दरबन्दी एकै पटक कटौती गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम) स्वीकृत गर्दै ६८ वटा दरबन्दी कटौतीको निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
यो निर्णयसँगै कटौतीमा परेका ६८ जना कर्मचारीको दरबन्दी अन्य मन्त्रालयमा पठाइन लागिएको छ। अहिले त्याहाँ खटिएका कर्मचारी अब दरबन्दी भएको ठाँउमा पठाईने छन् ।
यसै गरी बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ ।