म अब धक्का दिएर अघि बढ्छु, नेपाली जनताले साथ दिने विस्वास छ : प्रधानमन्त्री

म अब धक्का दिएर अघि बढ्छु, नेपाली जनताले साथ दिने विस्वास छ : प्रधानमन्त्री

  • शुक्रबार, पुस ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको भन्दै नेपालको विद्युत विकासमा एउटा क्रान्ति नै आएको बताएका छन् ।

शुक्रबार सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रममा उनले यसलाई सुनौलो दिनको रुपमा ब्याख्या गर्दै अब कुनै पनि बस्ती र गाँउ बिजुली बिहिन हुने अवस्थाको अन्त्य हुने दिशामा गएको प्रष्ट पारे ।

‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको उर्जा क्षेत्रले फड्को मारिरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरु भइरहेका छन् ।’

देशभित्र उत्पादित विद्युत् यही खपत गर्नका लागि सरकारले केही दिन अघिमात्र विद्युत् खपत बृद्धि सम्बन्धी कार्यायोजना मन्त्रिपरिषद्ले पारित गरिसकेको बताउँदै यसले विद्युत् खपत बढाउनका लागि ठूलो दिशानिर्देश गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

‘वर्षको वर्षायाममा देशभित्र खपत गरी बचत भएको विद्युत् भारतर्फ निर्यात गरी १५ अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनु खुसीको कुरा हो,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिक रुपमा लागू गर्नसमेत सहभागी राष्ट्र तयार भएकाले जलविद्युतको अपार सम्भावना रहेको हाम्रो देशलाई ठूलो फाइदा पुग्नेछ। यसतर्फ हामीले विशेष ध्यान दिनुपर्दछ।’

केही समय भित्र नेपाल, भारत र बंगलादेशबीच बिद्युत व्यापार सम्बन्धि त्रिपक्षीय समझदारीमा हस्ताक्षर हुने तयारी रहेको भन्दै भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली किन्न भारतले गरेको सहमतिले मूर्त रुप लिन लागेको बताए ।

१० हजार ८ सय मेगावाटको फुकोट कर्णाली परियोजना अगाडी बढाउने योजना ऐतिहासिक रहेको भन्दै प्रधानमन्त्रीले नेपालले समृद्धिको बाटोमा लामो कदम चालिसकेको बताए ।

प्रधानमन्त्रीले मान्छेहरुले नेपाल बस्न लायक छैन, अध्यारो छ भन्ने भाष्य बनाउदै गरकेो नकारात्मकताबाट मुक्त गर्दै देशलाई असफल राष्ट्र बनाउने षड्यन्त्र परास्त गरेर जनतामा एकता, आत्मविस्वास जगाएर अब एक बर्ष पूरा भएपछि केही धक्का दिएर अघि बढ्ने उद्घोष गर्दै साथ दिन जनतालाई अपील गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ