पर्यटनमन्त्री सुदन किँरातीको राजीनामा माग्दै प्रदर्शन

पर्यटनमन्त्री सुदन किँरातीको राजीनामा माग्दै प्रदर्शन

  • बिहिबार, पुस ५, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

५ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनले प्रदर्शन गरेका छन् । बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका हिन्दु प्रदर्शनकारीले मन्त्री किराँतीले तत्काल राजीनामा दिनु पर्ने माग गरेका छन् । उनीहरुले मन्त्री किराँतीले राजीनामा नदिए सम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

विरोध प्रदर्शनमा सहभागीहरुले ‘गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका छन् ।

बुधबार मन्त्री किरातीले क्रिश्चियनलाई स्वीकार नगर्नेहरु संविधान विरोधी भएको र संविधानको बिरोध गर्ने देशद्रोही हुने र उनीहरुलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको देशभर बिरोध भईरहेको छ ।

नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गरेको भन्दै यसले सद्भाव खल्बल्याउने र द्धन्द निम्त्याउने खतरा रहेको बताए ।

मन्त्री किराँतीको अभिव्यक्तिको बिरोध गर्दै राप्रपा सांसद धवल शमशेर जबराले आज संसदीय समितिमा माफी माग्न मन्त्री किरातीलाई भनेका थिए । राप्रपा लगायत हिन्दुवादी संघ संस्थाले मन्त्री किरातीलाई कार्बाही गर्नु पर्ने माग गरेका छन् ।

ँ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ