एनसेल खरीद बिक्रीमा भएको कानुन विपरीत कार्यका लागि प्रतिवेदन आएपछि हदै सम्म कार्बाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

एनसेल खरीद बिक्रीमा भएको कानुन विपरीत कार्यका लागि प्रतिवेदन आएपछि हदै सम्म कार्बाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

  • मङ्लबार, पुस ३, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ पुष ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिदबिक्रीका क्रममा विदेशमा भएका गतिविधिमा अनुसन्धानबाट कानुनविपरीत पाइए हदै सम्म कार्बाही गर्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा प्रधानमन्त्रीले एनसेलको सेयर खरिदबिक्रीका क्रममा कानुनविपरीत गतिविधि भएको पाइएकाले छानबिन समिति गठन गरिएको भन्दै समितिले दिने निष्कर्षका आधारमा सरकारले कार्बाही गर्ने बताए ।

एनसेल खरिदबिक्रीमा कहीँ न कहीँ केही न केही भएको शंका लागेकोले छानबिन गरिएको हो । दोषी भए हदैसम्म कारबाही हुन्छ, प्रधानमन्त्रीले सांसदहरुलाई भने ।

प्रधानमन्त्री दाहालले एनसेलको ८० प्रतिशत सेयर न्यून मूल्यांकन भएको र करछलिको कुरा समाचारमा आएपछि छानबिनमा लागेको बताए ।

समितिमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले एनसेल खर्रीद विक्रीको प्रकृया तत्कालका लागि अहिले रोकिएको जानकारी दिएकी थिईन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी