प्रधानमन्त्रीको दुखेसोः जति राम्रो काम गर्न खोजे पनि मुल्याङकन हुँदो रहेनछ

प्रधानमन्त्रीको दुखेसोः जति राम्रो काम गर्न खोजे पनि मुल्याङकन हुँदो रहेनछ

  • सोमवार, पुस २, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

प्रधानमन्त्री प्रचण्डले आफूले जति राम्रो काम गर्न खोजे पनि नकारात्मक टिप्पणी गर्ने क्रम नरोकिएको भन्दै आफूलाई दुखः लाग्ने गरेको बताएका छन् ।

सोमबार ललितपुरको महानगरपालिकाको १०५ औँ स्थापना दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नकारात्मक सोच अन्त्य गरी सकारात्मक सोच राख्न आग्रह गरे ।

‘परिवर्तनका विरोधी शक्तिहरूले खाली नकारात्मक भाष्य सिर्जना गरी भ्रम छरेका छन् । त्यसकै लहैलहैमा परिर्वतनका पक्षधर पनि लागेको देख्दा मलाई दुःख लागेको छ’, गुनासो पोख्दै उनले भने, ‘गलत सोचको फेसन बसेपछि जति राम्रो गरे पनि राम्रो कामको मूल्याङकन हुँदो रहेनछ । सरकारले कामै नगरेको हो र रु विरोधीहरूकै लहैलहैमा लागेर परिर्वतनका पक्षधर पनि केही नै भएको छैन । देश बस्न लायक छैन भन्दा दुःख लाग्छ ।’

यस्तै उनले रोजगारीका लागि बिदेसिनेको सङ्ख्या वृद्धि भएको आंशिक सत्य भएपनि विरोधीले भ्रम छरेको जस्तो नेपालमा अवसर नपाएर गएको भन्ने कुरा असत्य भएको उनले जिकिर गरे । जादु गरेर सबैलाई १० लाखको जागिर दिने हैसियत सरकारको नभएको भन्दै उनले नेपालमै बस्ने वातावरण, उत्पादनको सिर्जना हुँदाहुँदै अवैधानिक तरिकाले दुःखबो बाटो रोजेर बिदेसिएकोमा आक्रोश पोखे ।

‘सरकारले धेरै गरेको छ । एक वर्ष पुगेको अवसरमा सरकार अर्कै ढंगले जाने कुराको जानकारी म यहाँ गराउन चाहन्छु । तर विरोधीले प्रचार गरे जस्तो नेपाल बस्न लायक छैन त ? के यहाँ काम नपाएर युवाहरू बिदेसिएका हुन् त ? नकारात्मक सोच भएपछि जति गरे पनि देशमा बस्दा रहेनछन्’, उनले भने, ‘यहाँ उत्पादनको अवसर, रोजगारीको अवसर हुँदा हुँदै पनि दुःखको बाटो रोजेर बिदेसिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ