काठमाडौं । नक्कली भुटानी शणार्थी प्रकरणमा सात महिना जेल बसेर काँगेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँड रिहा भएका छन् ।
उनले उच्च अदालतमा ३० लाख बराबरको बैंक ग्यारेन्टी बुझाएका छन् भने सम्पत्ति शुद्दिकरण विभागमा १५ लाख धरौटी बुझाएका छन् ।
त्यसपछि अख्तियारले उनलाई साधारण तारेखमा छाडेपछि उनी घर फर्किएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा रिहा हुने उनी उच्च तहका नेता हुन् ।
उनी पछि एमाले सचिव टोप बहादुर रायमाझी ठूला नेता हुन् । उनी जेलमै रहेका छन् ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगेको आरोपमा प्रहरीले खाँणलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline