बालकृष्ण खाँडले धरौटी बुझाए, पुगे सम्पत्ति शुद्धिकरण विभाग

बालकृष्ण खाँडले धरौटी बुझाए, पुगे सम्पत्ति शुद्धिकरण विभाग

  • शुक्रबार, मंसिर २९, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं । नक्कली भुटानी शणार्थी प्रकरणमा उच्च अदालतको आदेशमा धरौटीमा रिहा हुन लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले धरौटी बुझाएका छन्।

शुक्रबार उच्च अदालत पाटनको आदेशअनुसार खाँणले जिल्ला अदालत काठमाडौंमा ३० लाख धरौटी बराबरको बैंक ग्यारेन्टी बुझाएका हुन्। अहिले खाँणलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगिएको छ। बाँकी प्रक्रिया पूरा गर्न केन्द्रीय कारागार प्रशासनले खाँणलाई विभागमा उपस्थित गराएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँणमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत अनुसन्धान गर्नुपर्ने प्रहरीले राय दिएको थियो। यसैले खाँणमाथि विभाग र अख्तियारले पुन ः अनुसन्धान गर्नेछन्।

यी दुबै निकायले धरौटीमा छाडेमा खाँड थुनामुक्त हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ