नेपाली काँग्रेस भित्रको शेखर गगन समुहले सभापति देउवालाई सुधार्न अझै थप दबाब दिने तयारी गरेको छ । सो समुहको अलग्गै भेलामा यस विषयमा छलफल भएको हो ।
भेलामा महामन्त्री गगनकुमार थापाले अब सभापति शेरबहादुर देउवाबाट पार्टी चल्न नसक्ने बताएका छन्।
काठमाडौंको अनुपम फुडल्यान्डमा बुधबार बसेको बैठकमा बोल्दै थापाले देउवाको कार्यशैली सुधार्न अझै दबाबको आवश्यकता रहेको बताए।
यो समुहले संसदीय दलको नेताबाट देउवालाई हटाउने र आगामी महाधिवेशनपछि नेतृत्व पनि आफ्नै टिमले लिने दाबी गरेको छ ।
थापाले पार्टीले प्रतिनिधित्व गर्ने हरेक ठाउँमा मापदण्ड नबनाई एकलौटी निर्णय गरिँदा नेता कार्यकर्तालाई अन्याय भएको पनि बताए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline