संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

संघीय संसदका महासचिव भरतराज गौतमले दिए राजीनामा

  • सोमवार, मंसिर २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

संघीय संसद्का महासचिव भरतराज गौतमले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।

गौतमको राजीनामापछि संघीय संसद्को नयाँ महासचिवमा हाल सचिव रहेका पद्मप्रसाद पाण्डेय सिफारिस भएका छन् । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयको नाम सिफारिस गरेका हुन् ।

‘संविधानको धारा १०६ बमोजिम प्रतिनिधि सभाको सभामुख र राष्ट्रिय सभाका अध्यक्ष दुवैको संयुक्त सिफारिसमा संघीय संसदको महासचिवमा प्रतिनिधि सभाका सचिव पद्म प्रसाद पाण्डेयको नाम सिफारिस भएको छ । संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले घरासयी कारण देखाउँदै २४ मंसिर, २०८० मा राष्ट्रपतिसमक्ष राजीनामा दिनुभएको थियो’ सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

गौतम २०७७साल वैशाख २२ देखि संसद् महासचिवको रुपमा कार्यरत थिए । उनी संसद् सेवाबाट बढुवा हुँदै सचिव भई महासचिव बनेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ