काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुखी नेपाली, समृद्ध नेपाल निर्माणको लागि एमालेकै सरकार चाहिने बताएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा कार्यक्रम अन्तर्गत शनिबार गोरखाको आरुघाटमा आयोजित कार्यक्रममा बोल्दै ओलीले एमाले सञ्चालन गरेको यात्राको क्रममा पनि यो कुरा प्रमाणित भएको बताए ।
झुलाघाटदेखि गोरखासम्म आइपुग्दा नेपाली जनताले देखाएको उत्साहजनक सहभागिता र साथ सहयोग प्रति ओलीले धन्यवाद दिए । एमाले सरकारमा रहँदा विकासको लहर ल्याएको र राष्ट्रिय आत्मविश्वास बढाएको ओलीले बताए । नागरिकका विभिन्न खालका समस्या एमाले सरकारले सम्बोधन गरेको उनले दाबी गरे ।
ओलीले ८४ सालमा गठबन्धन र अन्य दललाई पाखा लगाएर बहुमत सहित एमालेको सरकार बनाउने पनि दावी गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline