मलाई महिला मन्त्री बन्ने चाहना थिएन तर भागबन्डा मिलाउँदा मेरो भागमा पर्‍योः मन्त्री आचार्य

मलाई महिला मन्त्री बन्ने चाहना थिएन तर भागबन्डा मिलाउँदा मेरो भागमा पर्‍योः मन्त्री आचार्य

  • शनिबार, मंसिर २३, २०८०
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

मंसिर २३, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिला मन्त्री बन्ने आफ्नो चाहना नभएको तर परिस्थितीले बन्नु परेको बताएका छन् । आफ्नो चाहनाबमोजिम महिला मन्त्री नबनेको उनले बताए । संविधानले समान सहभागिता र प्रतिनिधित्वको व्यवस्था गरे पनि व्यवहारमा भने महिला मन्त्रालयसमेत पुरूषहरूले नै कब्जा गरेको भन्ने कुरा उठेको भन्दै मन्त्री आचार्यले आफू रोजेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबनेको बताएका हुन् ।

नेपाल प्रेस युनियन, महिला विभागले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री आचार्यले महिला नै हुँदा गर्न सक्ने कामको दाँजोमा आफूले कम हुन नदिन प्रयास गर्ने प्रतिबद्धतासमेत जनाए ।

उनले भने, ‘यहाँ महिला मन्त्रालयमा समेत पुरूष मन्त्री भएको भन्ने प्रशंग उठ्यो । वास्तवमा म पनि चाहेर महिलामन्त्री बनेको होइन । म त चुनाव जितेर आएको मान्छे, विकासे मन्त्रालय नै जान चाहन्थेँ । तर, गठबन्धनमा भागबन्डा मिलाउँदा मेरो भागमा यही मन्त्रालय पर्‍यो ।’

मन्त्री आचार्यले आफूले मन्त्रालयको जिम्मेवारी पाएपछि सकेसम्म महिलाहरूको क्षेत्रमा राम्रो काम गरेर छोड्न चाहेको बताए ।

उनले महिला तथा बालबालिका विभाग खारेज भएको विषयमा गुनासो आएको भन्दै विभागलाई मन्त्रालयमा गाभेर त्यसका कामलाई थप व्यवस्थित गर्न खोजिएको बताए । ‘विभाग खारेज गर्ने काम म आउनुभन्दा पहिल्यैदेखि अघि बढेको रहेछ । म आइसकेपछि त्यसलाई अगाडि बढाइएको हो । तर विभाग खारेज भए पनि यसले गर्ने काम अब मन्त्रालयको एउटा शाखाले गर्नेछ,’ मन्त्री आचार्यले भने, ‘विभाग मन्त्रालयमै गाभिएको हो । तर त्यसको अधिकार कटौती भएको छैन । बरू विगतभन्दा प्रभावकारी बनाउने प्रयास हुन्छ ।’

उनले नेपालको संविधानले महिलाको अधिकार सुनिश्चित गरेको भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि सबैले पहल लिनुपर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ